बढ्यो पर्यटक आगमन : फेब्रुअरीमा ७३ हजारभन्दा बढी भित्रिए, ‘कोभिड अघिको तुलनामा भने कम’



काठमाडौं,फागुन १८ । सन् २०२३ को फेब्रुअरीमा ७३ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार फेब्रुअरीमा ७३ हजार २५५ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डको तथ्यांक अनुसार गत जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । जनवरीको तुलनामा फेब्रुअरीमा ३३ प्रतिशतले पर्यटकको आगमन बढेको छ । 

फेब्रुअरीमा सबैभन्दा धेरै पर्यटक भारतबाट १८ हजार ४०१ जना नेपाल आएका छन् । यस्तै अमेरिकाबाट ७ हजार ८८७ जना, थाइल्यान्डबाट ४ हजार ८०२ जना, युकेबाट ४ हजार ३४५ जना, दक्षिण कोरियाबाट ३ हजार २४६, अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ पर्यटक नेपाल भित्रिएका छन् । 

पछिल्लो समय कोभिड १९ को प्रभाव घट्दै जाँदा पर्यटक आगमन बढ्दै गएको देखिन्छ । २०२१ को फेब्रुअरीमा ९ हजार र २०२२ को फेब्रुअरीमा १९ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोभिड अघि भने फेब्रुअरीमा १ लाख भन्दा धेरै पर्यटकले नेपाल भ्रमण गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्