पर्यटनका लागि दोर्दी गाउँपालिका एक फरक गन्तब्य



काठमाडौं,फागुन १८ । पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिका अत्यन्त्यै सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यको रुपमा यस गाउँपालिकाभित्र अनेकौं स्थानहरू छन् ।

दोर्दीको नौथरसेराबाट शुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राङबाट फेरि नौथरसेरा झर्ने ४ दिने ट्रेक गर्न सकिन्छ । नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुमचे, उखण्ड ताँजे नौथर शेरा ८ दिनको ट्रेकैङ रुट छ ।

नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेशिशहर ११ दिनको ट्रेकिङ जान सकिन्छ । लिपेको सिधै अगाडि देखिने मिमालचुलि हिमाल (७८८३ मि.) पनि हाम्रै दोर्दी गाउँपाकिकामा पर्दछ । हिमाल चडने सम्भावनाको खोजि भैरहेको छ ।

लिपे लेकबाट नौटाँचे, दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन सकिन्छ । मानव वस्ती नभएकाले यो रुटमा मोटरबाटो छैन । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध हुँदैन । पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरी हुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोडनका लागि अहिले हामीले काम गरिरहेका छौँ । इलमपोखरी–लिपे–दाम्राङ छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको ‘वार्मअप’ ट्रेकको रुपमा पनि जान सकिन्छ । यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालिगुराँसको जंगलै जंगल हिँडन् पाइन्छ ।

यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ । मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकहरूलाई सहज होस् भन्ने हिसाबले पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेǔटरको रुपमा विकसित गर्ने कार्य गरिरहेको छ । पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम यस पालिकाले गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्