माओवादी घटकहरू एकतावद्ध हुन आवश्यकः प्रधानमन्त्री दाहाल



काठमाडाैं,फागुन २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् ।

आइतबार शहीद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा वेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्ताे भनेका हुन । प्रधानमन्त्री दाहालले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकतावद्ध हुन आग्रह गरे । उनले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको बताए ।

उनले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरु समेटेको भन्दै एक-अर्काको अनुभवहरुलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री दाहालले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्