१२ औं नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



नुवाकोट,फागुन २१ । १२औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

आइतबार लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको खेलमैदानमा भएको एक कार्यक्रम बीच पुर्व युवा तथा खेलकुद मन्त्री एवम् प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङले प्रतियोगिताको उद्घाटन गरेका हुन ।

उद्घाटन सत्रमा प्रतिनिधि सभा सदस्य बिमला सुवेदी, पुर्व वाग्मती भुमि तथा सहकारी राज्यमन्त्री बद्री मैनालि, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, लिखु गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ, पन्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शकंर थापा, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, सुर्यगढि गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, लिखु गाउँपालिका उपाध्यक्ष शुभद्रा उप्रेती, तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियोे ।

यही फागुन २३ गतेसम्म हुने प्रतियोगितामा आइतबार विभिन्न दुरीमा दौड, भलिबल, कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । एथलेटिक्स छात्र तर्फ १५ सय मिटर दुरीमा लिखुका सुदीप राईले जीत हासिल गरेका छन् । छात्रा तर्फ १५ सय मिटरमा लिखुकै सबिना लामाले जीतेकी छिन् ।

१०० मिटर दौडमा छात्रतर्फ लिखुका रामकुमार भण्डारी, सोही दौडमा छात्रा तर्फ लिखुका सुष्मा पुलामीमगर बिजेता बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्