पर्यटक आकर्षित गर्न नेपालमा पनि मनाइयो टमाटरले हानाहान गर्ने पर्व



काठमाडौं,फागुन २२ । स्पेनको प्रमुख पर्व ‘ला टोमाटिना’को झल्को दिन लैनचौरमा गोलभेडा कबड्डी आयोजना गरिएको छ ।

५०० किलो भन्दा बढी गोलभेडा प्रयोग भएको उक्त कार्यक्रम ‘ग्लोबल टुरिजम प्रोमोसन काउन्सिल’को आयोजनामा गरिएको हो ।  कार्यक्रममा इस्कनको साँगीतिक प्रस्तुति पनि रहेको थियो ।

ला टोमाटिनाको झल्को दिने यो कार्यक्रमका लागि आयोजकले २० हजार रुपैयाँ बराबरको गोलभेडा प्रयोग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्