नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न



नुवाकोट,फागुन २३ । नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

आइतबारदेखि लिखु गाउँपालिकाको वडा नम्बर ४ मा रहेको क्षेत्रपाल नमूना माध्यमिक विद्यालय प्राङ्गणमा भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लिखु गाउँपालिकाले मात्र १८ संवरण सहित प्रथम भएको छ। प्रतियोगितामा विदुर नगरपालिका ६ सहित दोस्रो र बेलकोटगढि नगरपालिका ३ संवरण सहित तेस्रो स्थान हासिल गर्न सफल भएका छन ।

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रम पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य प्रकाशशरण महतको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महत, विदुर नगरपालिका मेयर राजन लाल श्रेष्ठ, लिखु गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, सुर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलिया, तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्