आयोगद्वारा एमबीबीएस कोटा निर्धारण



काठमाडौं,फागुन २४  । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल/कलेजका लागि स्नातक तहको कोटा संख्या निर्धारण गरेको हो । आयोगले विभिन्न शिक्षण अस्पताल/कलेजको एमबीबीएसका लागि एक हजार ८९५ कोटा निर्धारण गरेको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले जानकारी दिए ।     

उनका अनुसार १०० जना कोटाका दरले १७ शिक्षण अस्पतालका लागि बाँडफाँट गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, केयू स्कूल अफ मेडिकल साइन्स, लुम्बिनी मेडिकल कलेजले एमबीबीएसमा १०० जनाको कोटा पाएका छन् ।     

यस्तै महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेज अफ साइन्सेजले पनि १०० जना एमबीबीएस पढाउने कोटा पाएका छन् ।   

प्रतिक्रिया दिनुहोस्