श्री एयरलाइन्सका सबै उडान बन्द, प्राधिकरणले थाल्यो छानबिन



काठमाडौं,फागुन २६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज देखि श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको छ ।

बिहीवार (फागुन २५ गते) काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको हो।

प्रधिकरणले यो घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि सबै जहाजको उडानमा रोक लगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्