घर आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु



उदयपुर,फागुन २७ । उदयपुरमा आगलागीबाट एकै घरका  दुई बालबालिकाको शुक्रवार जलेर मृत्यु भएको छ ।

जिल्लाको रौतामाई गाउँपालिका वडा नं ८ पाँबु पाखाटोलस्थित स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा निजकी ६ वर्षीया छोरी जस्मिन मगर र उनकै भाई २ वर्षीय रोजन मगरको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले बताए ।

बिद्युत् सर्ट भई रामबहादुर बुर्जा मगरको जस्ताले छाएको तीन तले घर जलेर पूर्ण रूपमा नष्ट भएको रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरले बताउनुभयो । शुक्रवार साँझ करिब ५ बजेतिर बिद्युत् सर्ट भई आगलागी भएको जनाइएको छ । आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्