महँगियो सुनको भाउ, आज प्रतितोला कति बढ्यो ?



काठमाडौं,फागुन २९ । सोमबार सुनको भाउ महंँगिएको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको भाउ नेपाली बजारमा प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात आइतबार १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ४ हजार १ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन आइतबार १ लाख ३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। सो दिन चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार २५५ रुपैयाँ पुगेको छ । आइतबार भने १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्