पिएनजीविरूद्ध नेपाललाई छैटौं सफलता



काठमाडौं,फागुन २९ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले पिएनजीविरूद्ध छैटौं सफलता हात पारेको छ।

नेपालका लागि सन्दीप लामिछानेले छैठौं सफलता दिलाएका छन्। व्यक्तिगत तेस्रो विकेट लिने क्रममा उनले १६ रन बनाएर खेलिरहेका पिएनजीका चार्ल्स अमिनीलाई आउट गरे। त्यसअघि ललितनारायण राजबंशीले पाँचौ सफलता दिलाएका हुन्। व्यक्तिगत दोस्रो विकेट लिने क्रममा उनले २३ औं ओभरको पाँचौ बलमा राइली हिकुरे ४ रन बनाएर आउट भए।

प्रतिक्रिया दिनुहोस्