निवर्तमान राष्ट्रपति भण्डारीको बिदाई, छोड्न पुगे राष्ट्रपति पौडेल



काठमाडौं,फागुन २९ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनियताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बिदाई गरिएको हो।

बिदाई हुने क्रममा उनलाई नेपाली सेनाले २१ टोपको सलामीसमेत दिएर बिदाई गरेको छ। बिदाई पश्चात नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारी लाई छोड्न गाडीसम्म पुगेका थिए ।

उनी आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्