एकैदिन १६ सय रुपैयाँले महँगियो सुनको मूल्य, प्रतितोला कति ?



काठमाडौं,फागुन ३० । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ नेपाली बजारमा प्रतितोला १ हजार ६ सय रुपैयाँँले बढेको छ । सोमबार १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य सोमबार १ लाख ३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। सो दिन चाँदी प्रतितोला ४५ रुपैयाँले वृद्धि भई १ हजार ३ सय रुपैयाँ पुगेको छ । सोमबार भने भने १ हजार ५५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्