लिगमा फ्रेन्ड्सको पहिलो जित



काठमाडौं,फागुन ३० । ललितपुरको फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोलले हरायो ।

ललितपुर डर्बीमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । फ्रेन्ड्सको जितमा राफिक एमिनु र कप्तान प्रकाश बुढाथोकीले गोल गरे । जावलाखेलका फोडे फोफानाले सान्त्वना गोल फर्काए ।

राफिकले १९औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सको उत्साह जगाए । ४०औं मिनेटमा प्रकाशले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । त्यसपछि ८७औं मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरे ।

प्रतिक्रिया दिनुहोस्