सुनचाँदीको मूल्य स्थिर



काठमाडौं,चैत १ । साताको चौँथो कारोबार दिन छापावाला सुनको भाउ स्थिर रहेको छ । नेपाली बजारमा प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज पनि १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य मंंगलबार १ लाख ५ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर भएको छ। सो दिन १ हजार ३ सय रुपैयाँ मा कारोबर भएको छ ।

प्रतिक्रिया दिनुहोस्