मध्यपश्चिम विश्वविद्यालयमा स्ववियूको निर्वाचन स्थगित



काठमाडौं,चैत १ । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत सुर्खेतले मंगलबार अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएपछि चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको हो ।

मंगलबार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतले चैत्र ८ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्