स्ववियु निर्वाचनको मुखमा क्याम्पसमा तोडफोड



बिर्तामोड,चैत १ । निर्वाचन आचारसंहिता विपरीत विद्यार्थी भर्ना गरिएका विद्यार्थीको नाम मतदाता सूचीबाट हटाउन माग गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले काँकडभिट्टा बहुमुखी क्याम्पसमा तोडफोड गरेको छ ।

एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच झडप भएको बताइएको छ। क्याम्पस गेटमा भएको बोर्ड एमाले निकट अनेरास्ववियुले जलाउन खोज्दा एकीकृत समाजवादी निकट अनेरास्ववियुले रोकेको थियो । त्यसक्रममा झडप भएको स्थानीयको भनाइ छ ।

काँकडभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनसम्बन्धी विवाद झन् बढ्दै गएको छ। क्याम्पसको बोर्ड तोडफोड गरेको भन्दै अनेरास्ववियुका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनेरास्ववियुका जिल्ला कार्यालय सचिव सन्तोष धमला र क्याम्पस कमिटी अध्यक्ष सन्देश पौडेल रहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्