त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिष्पर्धा हुने



काठमाडौं,चैत २ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा आज नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदै छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । यो खेल तीन वर्ष लामो आईसीसी विश्वकप लिग टु क्रिकेटको अन्तिम खेल हो ।

सात देश सहभागि लिग टु क्रिकेटमा बिहीबारको खेल जिते नेपाल अंक तलिकाको चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिनेछ । शीर्ष तीन टोलीले विश्वकप क्रिकेटको ग्लोबल छनौटमा सिधै स्थान बनाउने हुनाले नेपाललाई बिहीबारको खेल जित्नैपर्ने दबाबमा छ ।

प्रतिक्रिया दिनुहोस्