नेपाल सरकारले दिने भयो प्रति खेलाडी ३ लाख रुपैयाँ



काठमाडौं,चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टीमका खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् ।

विजेता खेलाडीहरुलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख पुरस्कारको घोषणा गरेका हुन ।

नेपाल बिहीबार एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएको हो । लिग टूको अन्तिम खेलमा युएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्रिकेट छनोटमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्