डेभलपमेन्ट बैंकर्स संघको अध्यक्षमा सांग्रिलाका श्रेष्ठ निर्वाचित, यस्तो बन्यो कार्यसमिति



काठमाडौं,चैत ४ ।  डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । एशोसियशनको चैत ३ गते चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चुनेको हो ।

डिबानको उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देबकोटा, सचिवमा सिन्धु विकास बैंकका सीईओ राम कुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका सीईओ नरेश सिंह बोहरा निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सीईओ डा. इन्द्र कट्टेल निर्वाचित भएका छन्  ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।  “आजका विकास बैंकहरू व्यवसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरू जस्तै हुन् । ९० ओटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्न सक्नु आजका विकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि सँगै सहकार्य गर्नुपर्छ” श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्