सफल व्यवसायी बन्दै सर्लाहीका महिला



सर्लाही,चैत ५ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ पोखरियाकी रामबत्ती राय (दनुवार)ले करीब तीन बिघा जमीनमा माछापालन गरेकी छिन् । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपालिका–४ पोखरियाकी उनले करीब दुई बिघा आफ्नो जमीन र करीब एक बिघा ठेक्कामा लिएको जमीनमा व्यावसायिक रूपम माछापालन गरेकी छिन् ।

एक मजदूरसहित आफू लागिपरेर व्यवसायलाई मधेश प्रदेशकै नमूना माछा फार्मको रूपमा विकास गर्ने योजना बनाएको रामवतीले बताइन् । पोखरीमा माछा राम्रो उत्पादन भएको र आफूले गरेको मेहनतका साथै लगानीले एकै याममा मजदूरको खर्च, माछाको दाना, औषधिलगायत सम्पूर्ण खर्च गर्न पुग्ने र बाँकी यामको आफ्नो कमाइ वचत हुने गरेको उनको भनाइ छ ।

यसैगरी चन्द्रनगर गाउँपालिका–५ मोहनपुरकी सुनिता कुमारीले सहकारी संस्थाबाट रू. २० हजार ऋण लिएर शितल पाउरोटी बिस्कुट उद्योग सञ्चालन गरेकी छिन् । रासस

प्रतिक्रिया दिनुहोस्