थप २ जनामा कोरोना संक्रमण

काठमाडौं,चैत ५ । देशभर पछिल्लो २४ घण्टामा २ जनामा कोरोना भाइरस कोभिड—१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३ वटा नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज ४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै सक्रिय संक्रमितको संख्या १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।