डोटी क्याम्पसमा नेविसंघको दादागिरी, फर्जीमत खसाल्दा निर्वाचन नै स्थगित

काठमाडौं,चैत ५ । डोटी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भइकाृ छ। नेविसघ र क्याम्पस प्रशासन मिलेर फर्जीमत खसालेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेपछि निर्वाचन स्थगित भएको हो ।
क्याम्पसको गेटमा विद्यार्थीहरुले क्याम्पस प्रशासन विरुद्ध मुर्दाबादको नारा लगाएका हुन। क्याम्पसमा नेविसंघले बाहिरका मान्छे लिएर आएर फर्जी मत हालेको भन्दैं एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र विप्लब निकट विद्यार्थीले विरोध जनाएको हो । क्याम्पस प्रशासनले समेत निष्पक्ष ढङ्गले निर्वाचन नगराएको अनेरास्ववियुको आरोप रहेको छ ।
सो मतदान केन्द्रमा मत पेटिका समेट फुटालेको छ ।