गठबन्धन संस्कारलाई आत्मसात् गर्दै अघि बढ्नुको विकल्प छैन : सभापति देउवा



काठमाडौं,चैत ६ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । 

कुनै एक दलको प्रतिनिधि सभामा बहुमत पुग्ने अवस्था नभएकाले आफूहरुले गठबन्धनको संस्कार आत्मसात गर्दै अघि बढ्नु परेको उनको तर्क थियो। सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका छन् । 

राजनीतिक गठबन्धन आत्म केन्द्रित, स्वार्थ प्रेरित र क्षणिक लाभका लागि नभएर देश, जनताका पक्षमा र संविधानको रक्षा गर्दै मुलुकको स्थिरता, विकास र शान्तिका लागि केन्द्रित हुनुपर्ने स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस्