बाघको आक्रमणबाट घाँस दाउरा गर्न गएकी दिदी र बहिनीको मृत्यु

काठमाडौं,चैत ६ । बर्दियामा बाघको आक्रमणबाट सोमबार घाँस दाउरा गर्न गएका दिदी बहिनीको मृत्यु भएको छ।
मधुवन नगरपालिका ५ की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू स्थानीय चिरौटे सामुदायिक वनमा घाँस दाउरा काट्न भनेर गएका थिए।