प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा १७२ मत खस्दा विपक्षमा ८९



काठमाडौं,चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । 

सोमवारको प्रतिनिधिसभा बैठकमा पेस भएको विश्वासको मतको पक्षमा १७२ सांसदले मत दिएका छन् । उक्त संख्या संसदको कुल संख्याको बहुमत हो । प्रधानमन्त्रीलाई विश्वासको मत लिनका लागि १३८ सांसदको समर्थन आवश्यक थियो । 

प्रतिनिधिसभामा पेस भएको विश्वासको मतको विपक्षमा ८९ सांसदले मत दिएका छन् । यस्तै १ सांसद भने तटस्ठ बसेका छन् । मतदानपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे ।  

प्रधानमन्त्री दाहालले यसअघि गत पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए । त्यतिबेला उनले बैठकमा उपस्थित २७० जना सांसदहरूमध्ये २६८ जनाको मत पाएका थिए । 

त्यतिबेला सरकारलाई समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्