सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत ७ । सातााको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आज छापावला सुनको मूल्य १ लाख ९ हजार ८ सय रुपैयाँ कायम रहेको छ । सोमबार छापावला सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ लाख ८ हजार ८ सय रुपैयाँ कायम रहेको थियो ।
साथै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार ३ सय ४० रुपैयाँ कायम रहेको महासंघले जानाकारी दिएको छ ।