क्रिकेट खेलाडी अर्जुन कुमाललाई छत्रकोटमा सम्मान



गुल्मी,चैत ८ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई गृह जिल्ला गुल्मीको छत्रकोट गाउँपालिकालले नगद सहित सम्मान गरेको हो । उनलाई गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो ।

छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले कुबेत विरुद्ध सतक समेत प्रहार गरेका थिए। क्रिकेट खेल मार्फत गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगद सहित सम्मान गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

उनको खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस भनेर सम्मान गरिएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्