बेवारिसे फेला परेका पुरुषको मृत्यु



पाल्पा,चैत ८ । बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षका पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

केही दिनअघि तानसेन–मिसन रोडको नालीमा बेवारिसे अवस्थामा ती पुरुष फेला परेका थिए । पुरुष बोल्न समेत नसक्ने अवस्थामा उपचार भइरहेको थियो । मृतक पुरुषको नाम, थर ठेगाना पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । 

थापाका अनुसार दाह्री पालेका, गहुँगोरो वर्णको पुरुषको मृत्यु भएपछि आफन्तको खोजी भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्