देवीघाटको ३३ केबी डाउन हुँदा नुवाकोटका अधिकांस क्षेत्र अन्धकार

नुवाकोट,चैत ९ । देविघाट जलविद्युत केन्द्रको ३३ केबी डाउन हुँदा नुवाकोटका अधिकांस क्षेत्र अन्धकार भएको छ ।
हाइ स्टेसनमा समस्या आएपछि जिल्लाको लिखु र तादी भेग पुर्ण रुपमा अन्धकार बन्न पुगेको छहरे फ्युज शाखाका लालबहादुर तामाङले बताए । झण्डै तीन घण्टादेखि बिजुली बत्ति नआउदा लिखु, तादी, दुप्चेश्वर, शिवपुरी,पञ्चकन्याका धेरैजसो क्षेत्र अन्धकारमय भएको छ ।
तामाङका अनुसार हाल ढिकुरे क्षेत्रमा खराबी भएको हुनसक्ने भन्दै कर्मचारी परीक्षणमा लागी परेका छन् ।