राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिने



काठमाडौं,चैत १० । राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक हुँदैछ ।

पूर्ण विवरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान सार्वजनिक गर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

जनगणना प्रक्रियाअन्तर्गत देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्यांक प्रशोधन गरिएपश्चात विभागले विवरण तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस्