बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै



काठमाडौं,चैत १० । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिँदैछन् ।

बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस भित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्