राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक



काठमाडौं,चैत १० । राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।

जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले ’राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक गरेका हुन् ।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्