सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,चैत १० । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सयले बढेको छ । अघिल्लो दिन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार तेजावी सुन १ लाख ८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्