उपनिर्वाचन : ठ्याक्कै महिना दिन बाँकी रहँदा रास्वपाले थाल्यो तयारी



काठमाडौं, १० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अगामी बैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको तयारी थालेको छ।

रास्वपाले निर्वाचनको मिति आउनु ठीक एक महिना अगाडि अर्थात चैत्र १० गते शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बसी उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेद‍्वारी दिने निर्णय गर्दै तयारी थालेको हो।

रास्वापको शुक्रबार बसेको बैठकले बैशाख १० गते हुने चितवन–२, बारा–२ र तनहुँ–१ क्षेत्रको उपनिर्वाचनको तयारीका लागि चुनावी कमाण्डर पनि खटाएको छ।

प्रतिक्रिया दिनुहोस्