सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १७ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ । आज १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावला सुनको मूल्य १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला २५ रुपैयाँले बढेको छ । १ हजार ४ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।