नेपाललाई थ्री नेसन्स कपको उपाधि



काठमाडौं,चैत १७ । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । फाइनलमा लाओसलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले घरेलु मैदानमा प्रतियोगिताको उपाधि उचालेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो हाफको ८७ मिनेटमा नेपालले निर्णायक गोल गरेको हो । खेलको सुरुवाती अग्रता लाओसले लिएको भए पनि नेपालले घरेलु मैदानमा उपाधि रक्षा गरेको हो । 

नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे । खेलको १७ औं मिनेटमा लाओसका लागि फोउचाङभोङ साङ्भिले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । 

खेलको २४ औं मिनेटमा नेपालका आयुष घलानले बराबरी गोल फर्काए । एरिक विष्टको पासमा आयुषले गोल गरेका हुन् । उपाधि रक्षाका लागि लाओसविरुद्ध खेलको ८७ औं मिनेटमा अन्जन विष्टको पासमा मनिष डाँगीले नेपालका लागि गोल गरे । 

प्रतिक्रिया दिनुहोस्