राष्ट्रपति पौडेलले दिए उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
काठमाडौं,वैशाख ४ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
वैशाख १० गते बारा २ , तनहुँ १ र चितवन २ मा उपनिर्वाचनका लागि सेना परिचालन गर्ने अनुमति दिएका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको हो ।

