नेपाल कृषि सहकारी संघलाई विश्वस्तरको एफएओ अवार्ड
काठमाडौं,बैशाख १५ । लघुवित्तको छाता संगठन नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले विश्वस्तरको एफएओ अवार्ड पाएको छ ।
संयुक्त राष्ट्र संघ (United Nations)को फुड एन्ड एग्रिकल्चर ओर्गनाइजेसन (Food and Agriculture Organization (FAO)) ले यही अप्रिल २४ मा इटाली (Italy) को रोम (Rome) मा आयोजित कार्यक्रममा सहकारी संघलाई एफएओ अवार्ड फर पार्टनरसिप २०२३ (FAO Award for Partnership) बाट सम्मान गरेको हो । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले यसबारे जानकारी दिइएको छ ।
सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत विकासका साथै साना किसानहरूको कृषि र आर्थिक मुद्दाहरूलाई सम्बोधन तथा वकालत गर्दै कृषि क्षेत्रमा योगदान गरेको भन्दै संघले उक्त अवार्ड पाएको हो । सहकारी संघ उक्त अवार्ड पाउने नेपालकै पहिलो संस्था हो ।

