मदन भण्डारी जन्मजयन्तीको अवसरमा सुर्खेतमा रेस्लिङ महाभिडन्त



काठमाडौं, बैशाख २१ । ७२औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा सुर्खेतमा रिङ रेस्लिङ महाभिडन्त हुने भएको छ ।

सुर्खेतको बिरेन्द्र नगरमा हुने प्रतियोगितामा देशका विभिन्न रेस्लरले खेल प्रदर्शन गर्नेछन् ।

यही आउँदो जेठ १३ गते हुने प्रतियोगितामा चर्चित रेस्लर नुवाकोटे टाइगरसहित एक दर्जन रेस्लर भिड्नेछन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, किङ रोबर्ट, चट्टान, डेबिट, साइन, एक्स हिरो, सीजे वर्ल्ड, सुजल, स्पाइडर म्यान ग्याङ, टुपी ग्याङ, तन्नु, आकृति लगायत खेलाडीको सहभागिता रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्