बागमती प्रदेश : भागवण्डा नमिलेपछि लामालाई थप तिन मन्त्रालयको जिम्मेवरी



काठमाडौं,जेठ २ । सरकार विस्तारमा भागवण्डा मिलाउने पटक–पट प्रयास गर्द पनि सफलता नमिलेपछि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई खालि रहेको थप तीनवटा मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्हालिरहेको थप तीन मन्त्रालयको जिम्मेवरी लामाको काँधमा आएको हो । बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लामालाई दिईएको जनाएका छन् ।

जिम्मेवारी प्रदान भएसँगै अब लामाको काँधमा चार मन्त्रालय, मुख्यमन्त्री जम्कट्टेलको काँधमा मुख्यमन्त्री सहित श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि मन्त्रालयको जिम्मेवारी छ भने माओवादीको तर्फबाट युवराज दुलाल भौतिक योजना तथा निर्माण, गंगाधर श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, कुमारी मोक्तान सामजिक विकास मन्त्री छन् । कांग्रेसका तिर्थ लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्