बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते



बझाङ,जेठ ७ । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका तीन जना बेपत्ता भएका छन् । आइतबार बझाङको सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार अन्य दुई जना घाइते भएका छन् ।

‘तीन जना बेपत्ता भएको र दुई जना घाइते भएको भन्ने खबर छ। नेटवर्क नहुँदा घटनाको वास्तविक विवरण पाउन सकिएको छैन,’ विष्टले भने । 

उनका अनुसार सोही पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे जानकारी दिएका थिए । खबर पाएलगत्तै जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्