नुवाकोट पञ्चकन्या गाउँपालिकाद्वारा खानेपानी र सिंचाईका लागि पाइप वितरण



नुवाकोट,जेठ ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले खानेपानी तथा सिंचाईका लागि पाइप वितरण गरेको छ ।

आइतबार सेवा क्षेत्रका समस्यामा परेका किसानलाई भेला गरी पाइप वितरण गरिएको गाउँपालिकाको कार्यालय पञ्चकन्याले जनाएको छ ।

सिंचाई तथा खानेपानीको समस्या भएका वासिन्दालाई ३, ४, १६, ४०, ५० इन्च सम्मको पाइप वितरण गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए । पालिकाभरका सबै वडाका नागरिकको गुनासोको आधारमा परेको निवेदन अनुसार पाइप वितरण गरिएको छ ।

गाउँघरमा कतिपयले खानेपानी लगायतका संरचना नहुदा गाउँ छाड्ने गरेको बताउदै अध्यक्ष तामाङले युवा जमातलाई गाउँघरमै स्थापित गराउन विविध कार्यक्रम अगाडि बढाएको बताए ।

गाउँपालिकाले तत्कालका लागि १३ लाख बराबरको पाइप वितरण गरेको र आवश्यक महसुस भएको खण्डमा पुनः वितरण गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्