संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने



काठमाडौं,जेठ ९ । संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो ।

संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ । संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ १० गते बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्