काभा महिला भलिबलमा नेपालले आज उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै



काठमाडौं,जेठ १४ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपालले आइतबार तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्न लागेको हो ।

नेपाल उज्वेकिस्तानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । उज्वेकिस्तान पनि नेपाललाई हराएर तेस्रो बन्न चाहन्छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो ।

उज्वेकिस्तान भने भारतसँग पराजित भएको थियो । उपाधिका लागि भारत र काजकस्तान भिड्ने छन् । फाइनल खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्