अर्थमन्त्री महतद्वारा संसदमा बजेट भाषण गर्न शुरु



काठमाडौं,जेठ १५ । अर्थमन्त्री डा.प्रकशशरण महतले संसदमा बजेट भाषण गर्न शुरू गरेका छन् ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्ययको विवरण (बजेट) संघीय संसदको संयुक्त सदनको बैठकमा पेश गर्न शुरू गरेका हुन।

संविधानको धारा ११९ अनुसार हरेक वर्षको जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ । बजेट संसदमा प्रस्तुत गर्नु अघि मन्त्रिपरिषदको बैठक बसेर त्यसलाई पारित गरेको थियो । यो वर्षको बजेट कस्तो आउँछ भन्ने विषयमा सबैको चासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्