सुन किन्ने सोचमा हुुनुहुन्छ ? यस्तो छ आजको मूल्य



काठमाडौं,जेठ १८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुन तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा १५ रुपैयाँले बढेर एक हजार ४१० रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्