सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ



काठमाडौं,जेठ १९ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

शुक्रबार (आज) प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७५० रुपैयामा बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९५० सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्