रावा इनर्जीको आइपीओमा आवेदन दिनेको ओइरो, झण्डै ५० करोड रुपैयाँ संकलन



काठमाडौं,जेठ १९ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ४९ करोड २४ लाख ९२ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (जेठ १९ गते) दिउँसो ११ः५२ बजेसम्म ४ लाख ४१ हजार १६ जना आवेदकले ४९ लाख २४ हजार ९२० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा समाग बमोजिमको आवेदन नपरेको खण्डमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्