शनिबार काठमाडौंमा चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त



काठमाडौं,जेठ १९ । यही शनिबार काठमाडौंमा चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त हुने भएको छ ।

भोलि शनिबार दिउसो ठिक २ बजे लैनचौरस्थित टिटि हलमा रेस्लिङ महाभिडन्त हुने भएको हो ।

प्रतियोगिताको बारे जानकारी गराउन नेपाल रिङ रेस्लिङ संघले शुक्रबार पत्रकार सम्मेलन गराउदै प्रतियोगिताको बारे जानकारी गराएको हो ।

एक साताअघि मात्र नेपालगन्जमा भएको रिङ रेस्लिङ प्रतियोगितामा सहभागी रेस्लरले त्यस लगत्तै काठमाडौंमा भिड्न लागेका हुन् । प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका ख्यातिप्राप्त रेस्लरहरुको भिडन्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्